बिचौलिया र भ्रष्टाचार रोक्न सर्वोच्चमा विशेष समिति गठन

काठमाडौं । बिचौलिया र भ्रष्टाचार रोक्न सर्वोच्च अदालतमा विशेष समिति गरिएको छ ।

अदालतभित्र हुने विकृति, भ्रष्टाचार र बिचौलियाको चलखेल रोक्न अदालतले विशेष समिति गठन गरेको हो । सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा समिति बनाइएको समितिमा न्याय परिषद, महान्यायाधिवक्ता कार्यालय र नेपाल बार एशोसिएसनलाई समेत राखिने भएको छ ।

कार्की नेतृत्वको समिति गठनको निधो भए पनि सदस्य चयन गर्न भने बाँकी रहेको छ । समितिलाई पुराना अनुसन्धान प्रतिवेदमासमेत अध्ययन गरेर निर्क्यौलमा पुग्न भनिएको छ ।

तीन महिनाभित्र प्रतिवेदन पेस गर्न कार्यादेश तोकिएको छ । समितिले अदालतमा हुने नाजायज एवम् अवाञ्छित गतिविधि रोक्न कानूनी, संरचनागतलगायत विषयमा उपयुक्त र प्रभावकारी उपाय सुझाउने सर्वोच्च रजिष्ट्रार नारायण पन्थीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *