वीरगञ्जमा ४७ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु
मकालु खबर
२०७७ साउन ३१ गते
वीरगन्ज । कोरोना सङ्क्रमणबाट वीरगन्जमा ४७ वर्षीय पुरुषको मृत्यु भएको छ । वीरगन्ज–२६ अठराह सुगौली बस्ने ४७ वर्षीय पुरुषको मृत्यु पछि मात्रै कोरोना परीक्षण गरिएकोमा पोजेटिभ रिपोर्ट आएको हो ।
उनको शनिवार बिहान ७ बजे नारायणी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
मृत्युपछि स्वाब सङ्कलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले बताए ।
मृतकलाई एक सातादेखि ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएको र स्थानीय अस्पतालमा उपचार गराउँदा निको नभएर नारायणी अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनको समयमै अस्पताल नपुर्याउँदा मृत्यु भएको अस्पतालका डा.उदय नारायण सिंहले बताए ।
मकालु खबर
२०७७ साउन ३१ गते
प्रतिक्रिया
सम्बन्धित