नेकपाले डाक्यो सचिवालय बैठक
मकालु खबर
२०७७ साउन ३२ गते
काठमाडौं । सत्तारूढ नेकपाले सचिवालय बैठक डाकेको छ ।
बैठक सोमबार (भोलि) बिहानको लागि डाकिएको वरिष्ठ नेता झलनाथ खनालले जनाकारी दिए । उनले भने, “बैठक भोलिका लागि बोलाइएको छ ।”
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ६ सदस्यीय कार्यदल गठन गरेपछि वरिष्ठ नेताद्वय खनाल, माधवकुमार नेपालसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले कार्यदल गठनको निर्णय सचिवालयले गर्नुपर्ने माग गरेका थिए ।
कार्यदलको पहिलो बैठक शनिबार (हिजो) बसिसकेको छ । यद्यपि पनि बैठकले निर्णयहरु भने गरेको छैन ।
मकालु खबर
२०७७ साउन ३२ गते
प्रतिक्रिया
सम्बन्धित