सुशील भट्टलाई लगानी बोर्डको सिइओ भएर काम गर्न बाटो खुला
मकालु खबर
२०७७ भदौ १ गते
काठमाडौँ । उच्च अदालत पाटनले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाईको काम गर्न बाटो खुला गरेको छ । न्यायाधीश ईश्वरराज आचार्य र ठाकुरप्रसाद शर्मा पौडेलको इजलासले भट्टलाई आइतबार लगानी बोर्डको प्रमुख कार्यकारीको हैसियतले काम गर्न बाटो खुला गरेको हो ।
भट्टमा सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५ अनुसार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत भएर काम गर्ने योग्यता नपुगेको र स्वच्छ छवि नभएको जिकिर गर्दै अधिवक्ता जयबहादुर भुजेलले रिट निवेदन दायर गरेका थिए । हिजो दुवै पक्षबीचको छलफलपछि अदालतले भट्टलाई काम गर्न बाटो खुलाएको हो ।
आदेशमा भनिएको छ, ‘अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिई रहन परेन, प्रस्तुत निवेदनको प्रकृति र विषयवस्तुको गाम्भीर्यका आधारमा छिटो निरुपण हुन उपयुक्त देखिएको छ ।’
मकालु खबर
२०७७ भदौ १ गते
प्रतिक्रिया
सम्बन्धित