कोभिड १९ को सङ्क्रमणलाई ‘महामारी’ किन भनियो ? के यसबाट बच्ने उपाय नै छैन ?
काठमाडौँ । कोरोना भाइरस महामारीलाई विश्वव्यापी महामारीको संज्ञा दिइएको छ । गत डिसेम्बरमा देखिएको यो भाइरसले विश्वभरका लाखौँ मानिसको ज्यान लिँदै गरेको र सङ्क्रमण तीव्र रूपमा बढ्दै गएकोले विश्व स्वास्थ्य सङ्गठनले नै यसलाई महामारीको संज्ञा दिएको हो । यो नयाँ भाइरस भएकाले यसबाट बच्ने कुनै औषधि तथा खोप आधिकारीकरुपमा बजारमा आइ सकेको छैन । यद्यपि खोप बन्ने र परीक्षणको क्रम भने चलिरहेको छ ।
जब यो भाइरस चीनमा मात्रै फैलिएको थियो र त्यति बेला विश्व महामारीकै रूप लिइसकेको थिएन । तर जब विश्वभर तीव्र रूपमा फैलिन र सङ्क्रमण रोकथाममा कठिनाइ उत्पन्न हुन थाल्यो त्यसपछि भने
डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हनम गेहब्रेयससले उक्त भाइरसका कारण खतरनाक सङ्क्रमण निम्त्याएको भन्दै कोरोनालाई महामारीको नाम दिइएको बताएका छन् । विश्वव्यापी महामारीले एकै समयमा विश्वभरि विभिन्न देशमा मानिसबाट मानिसमा फैलिने र निकै ठुलो मात्रामा रोगको सङ्क्रमण देखिने स्थितिलाई नै महामारी भनिएको छ ।
पछिल्लो समय सन् २००९ मा स्वाइन फ्लू विश्वव्यापी महामारीका रूपमा फैलिएको थियो। त्यसबाट हजारौँ मानिसले ज्यान गुमाएका थिए । यदि नयाँ भाइरसको उत्पत्ति भएका र त्यसले मानिसलाई सजिलै सङ्क्रमण गर्ने र प्रभावशाली ढङ्गले निरन्तर मानिसबाट मानिसमा सर्न सक्ने हुँदा विश्वव्यापीकरण महामारी फैलिन सक्ने विज्ञहरूले बताएका छन् ।
कोरोना भाइरसको सङ्क्रमण पनि नयाँ भएको र मानिसबाट मानिसमा तीव्र रूपमा फैलिएर विश्वव्यापी सङ्कटको रूप लिँदा महामारीको संज्ञा दिइएको हो । अहिलेसम्म कुनै खोप वा उपचारले रोक्न नसक्ने उक्त सङ्क्रमणको नियन्त्रण महत्त्वपूर्ण भएको छ। डब्ल्यूएचओका प्रमुख डा. टेड्रोसले फेब्रुअरी महिनाको अन्त्यतिर कोरोनाभाइरस विश्वव्यापी महामारी बन्ने सक्ने पूर्ण सम्भावना रहेको बताएका थिए । तर त्यति बेला भने उक्त भाइरस अनियन्त्रित रूपमा विश्वभरि नफैलिएकाले त्यसलाई विश्वव्यापी महामारी घोषणा गर्नु नपरेको उनले बताएका थिए । तर उक्त अवस्था भन्दा भयानक रूप लियो यो भाइरसले । तीव्र रूपमा कोरोना सङ्क्रमण हुने देशको सङ्ख्या पढ्दै गयो । करौडौं मानिस सङ्क्रमित भए । लाखौँले ज्यान गुमायो ।
केही देशहरू क्षमताको अभावका कारण सङ्घर्ष गर्दै छन्। केही देशहरूले साधन स्रोतको अभावको सामना गरिरहेका छन्। केही देशहरू दृढताको अभावमा सङ्घर्ष गरिरहेका छन्। डब्ल्यूएचओका प्रमुख डा. टेड्रोसले देशहरूलाई कोरोना महामारीबाट जोगिन आग्रह गर्दै आएका छन् । आपत्कालीन संयन्त्रलाई सक्रिय र क्षमता वृद्धि गर्न, मानिसहरूलाई यसको जोखिम र जोगिने उपायबारे बताउन, कोभिड–१९ बाट पीडित प्रत्येक व्यक्ति पत्ता लगाउन, तिनलाई छुट्टै राख्न, परीक्षण गर्न, उपचार गर्न र सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका मानिसको पहिचान गर्न सबै देशहरूलाई विश्व स्वास्थ्य सङ्गठनले आग्रहसमेत गरेको छ ।
के यसबाट बच्ने कुनै उपाय छैन ?
कोरोना महामारीको कुनै आधिकारिक औषधि बजारमा आइसकेको छैन । यसको कुने खोप पनि बजारमा आइसकेको छैन । तर विभिन्न देशहरूले खोपको परीक्षण पनि गरिसकेका छन् । कोभिड–१९ को उपचार र रोकथामका लागि अहिले संसारभरि १५० वटाभन्दा बढी खोप विकासको काम भइरहेको छ। केही खोपको परीक्षणले उत्साहजनक परिणाम पनि देखाएको छ। तर कुनै खोप प्रयोगयोग्य प्रमाणित भएमा पनि विश्वभरि वितरण गर्न ठुलो मात्रामा त्यसको उत्पादन गर्नुपर्ने हुन्छ।
वैज्ञानिकहरू भने खोप बनाउनमा प्रयासरत छन् । एउटै खोप बनाउन पनि बर्सौँ लाग्ने हुन्छ । भने केही खोप बन्न दसकौँ पनि लाग्न सक्छ । अहिले केही खोपहरूले रोग प्रतिरोधात्मक क्षमता वृद्धि भएको पनि परीक्षणहरूमा देखाइएको छ । तर बजारमा आउन र कोरोना सङ्क्रमितको लागि पर्याप्त उपलब्ध गराउन भने धेरै ठुलो मात्रामा उत्पादन गरेमा मात्रै सम्भव छ । तर विश्वभरका करोडौँ मानिसको लागि एकै पटक खोप उत्पादन गर्न तत्काल सम्भव देखिँदैन ।
यसको रोकथाम तथा नियन्त्रणका लागि मानिस आफैले सचेत हुनु जरुरी रहेको विश्व स्वास्थ्य सङ्गठनको दाबी छ । विश्व स्वाथ्य संगठनका मापदण्ड पालना गर्नु नै तत्कालका लागि कोरोना बाट बच्ने उत्तम उपाय हुन सक्छ । एजेन्सीको सहयोगमा