वीपी प्रतिष्ठानबाट आज १८ कोरोना संक्रमित डिस्चार्ज भए
मकालु खबर
२०७७ भदौ १ गते
सुनसरी । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज १८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार आज सुनसरी मोरङ र झापाका १० पुरुष र ८ महिला डिस्चार्ज भएका हुन् ।
उनीहरु गत साउन १४ गतेदेखि २२ गतेसम्म प्रतिष्ठानमा भर्ना भएका थिए । डिस्चार्ज हुनेहरुमा ७ वर्षिय बालकदेखि ८७ वर्षका बृद्धसमेत रहेका छन् ।
हाल प्रतिष्ठानमा ८१ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । हालसम्म प्रतिष्ठानबाट कुल ३४८ जना उपचार पश्चात डिस्चार्ज भएर घर फर्किसकेका छन् । भने, २५ हजार ४ सय १९ पिसिआर परीक्षण भइसकेको छ ।
मकालु खबर
२०७७ भदौ १ गते
प्रतिक्रिया
सम्बन्धित