नेपालगन्ज मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमितको मृत्यु
मकालु खबर
२०७७ भदौ २ गते
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ६२ वर्षीय संक्रमितको गएराती मृत्यु भएको हो ।
जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार मृतक नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ निवासी हुन् । सोमबार मात्रै उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो ।
उनी ज्वरो आएपछि साउन ३२ गते अस्पतालमा भर्ना भएका थिए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ ।
मकालु खबर
२०७७ भदौ २ गते
प्रतिक्रिया
सम्बन्धित