सिटिजन्स बैंकद्वारा कोरोना रोकथाम कोषमा २० लाख बढि सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम,नियन्त्रण र उपचार कोष’ मा २० लाख बढि सहयोग गरेको छ ।

बैंकले कोषमा २० लाख १५ हजार ५ सय ४ रुपैयाँ सहयोग गरेको जनाएको छ । कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सो सहयोग गरेको हो ।

यस अघि पनि कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि बैंकले प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा ७ लाखका दरले रु ४९ लाख, विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव ६ लाख तथा विभिन्न संघ संस्थालाई ६ लाख गरि हालसम्म कुल ६१ लाखको सहयोग गरिसकेको छ ।

नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ मा २० लाख १५ हजार ५ सय ४ रुपैयाँ सहयोग गरे पश्चात कोरोना नियन्त्रणका लागि बैंकको सहयोग ८१ लाख पुगेको छ ।

यस विपतको घडीमा बैंकले गरेको सहयोगबाट कोरोना भाइरसको रोकथामका साथसाथै सिमान्तकृत तथा निम्न आय भएका नेपालीहरुको दैनिक अत्यावश्यक सामाग्रीहरु प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

महामारी नियन्त्रण गर्न बैंक हरेक प्रकारको सहयोग गर्न तयार रहेको कुरा बैंकले जनाएको छ । यस किसिमको सहयोगले कोरोना भाइरसबाट प्रभावितहरुको दुःखको घाउमा मलम लगाउन टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले यस बैंकको ए.टि.एम कुनै पनि बैंकको ए.टि.एममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामु पस्कने उद्देश्यका साथ बैंकले घर कर्जा ९.५० प्रतिशत वार्षिक ब्याजदरमा एसएमई कर्जा (साना तथा मझौला कर्जा) ९.५० प्रतिशत वार्षिक ब्याजदरमा र मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०.९९ प्रतिशत वार्षिक ब्याजदरमा प्रवाह गर्ने योजना ल्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *