कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतक संख्या १२० पुग्यो
मकालु खबर
२०७७ भदौ ३ गते
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जनाको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु भएको छ ।
काठमाडौं र बर्दियामा एक/एक जना पुरुष, मोरङ, भक्तपुर, चितवन र सुनसरीका एक/एक जना महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२० पुगेको छ ।
मकालु खबर
२०७७ भदौ ३ गते
प्रतिक्रिया
सम्बन्धित