नेपाल इन्भेष्टमेण्ट बैंक र वायरबारलीबिच रेमिट्यान्स कारोबार सम्झोता
मकालु खबर
२०७७ भदौ ३ गते
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र वायरबारलीबिच रेमिट्यान्स कारोबार गर्ने सम्झौता भएको छ । विदेशमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उदेश्यका साथ इन्भेष्टमेण्ट बैंक र वायरबारलीबिच रेमिट्यान्स कारोबार गर्ने सम्झौता भएको हो ।
अब अस्ट्रेलिया, अमेरिका न्यूजल्याण्ड तथा दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकको मार्फत आफ्नो खाता प्रयोग गरी वायरबारलीको मोबाईल एप प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् ।
वायबारली मार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनैपनि बैंककोे खातामा तुरुन्तै रकम जम्मा हुनेछ । वायरबारली मार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको रेमिट्यान्स सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका १० हजारभन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
मकालु खबर
२०७७ भदौ ३ गते
प्रतिक्रिया
सम्बन्धित