पशु सेवा विभागले भन्यो- ‘कुखुराको मासु र अन्डाबाट कोरोना भाइरस सर्दैन’

काठमाडौं । पशु सेवा विभागले कुखुराको मासु र अण्डाबाट कोरोना भाइरस नसर्ने स्पष्ट पारेको छ । विभागले एक विज्ञप्ति जारी गर्दै कुखुराको मासु र अण्डा सेवनबाट कोरोना नसर्ने स्पष्ट पारेको हो ।

‘कुखुराको मासु र अण्डाको नियमित सेवन गरेमा कोरोना भाइरसविरुद्ध लड्न सक्ने रोग प्रतिरक्षा क्षमता बढाउँछ,’ विज्ञप्तिमा भनिएको छ- ‘भ्रामक समाचार नफैलाउन र सबैलाई अफवाहको पछि नलाग्न अनुरोध छ ।’

विभागले हालसम्म विश्व स्वास्थ्य संगठन र विश्व पशु स्वास्थ्य संगठनको अनुसन्धानबाट कुनै जनावर र पंक्षीबाट कोरोना सर्ने वैज्ञानिक आधार नरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *