चितवनमा थपिए २२ जना कोरोना संक्रमित

चितवन । चितवनमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएकाहरु ९ देखि ६७ बर्ष उमेर समूहका छन् ।

भरतपुर महानगरपालिकामा मात्रै विभिन्न वडाका ८ जना पुरुष र ११ जना महिला गरि १९ जनामा कोरोना भाइरसको पुष्टि भएको हो । यस्तै राप्ती नगरपालिकाको वडा नम्बर २ र ८ का ३ जना पुरुषमा समेत कोरोना पुष्टि भएको छ । भरतपुर मा संक्रमण देखिएकाहरु सबैको स्वाब अस्पतालबाट लिइएको थियो । राप्तिका भने क्वारेन्टाइन का रहेको छन् ।

भरतपुर स्थित कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा अन्य जिल्लाको ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । नवलपुरको ४० वर्षीय एक पुरुष, पर्वतको ५० वर्षीय एक पुरुष, मकवानपुरको ७४ वर्षीय एक पुरुष र पर्साकी ६५ वर्षीया एक महिलामा कोरोना पुष्टि भएको प्रयोगशालाकी प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *