तीज व्रत: सत्य युगदेखि नै अधिकार र न्याय प्राप्तिको सन्देश !

विराटनगर । प्रत्येक वर्ष भाद्रशुक्ल द्वितियादेखि पञ्चमीसम्म मनाइने तीज पर्व हिन्दु नारीहरुका लागि धार्मिक, सांस्कृतिक एवं सामाजिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । हिन्दु नारीहरुले शविपार्वतीको धार्मिक कथाबाट प्रभावित भएर मनाउन थालेको तीज पछिल्लो समय आधुनिकतामा प्रवेश गर्दै गर्दा अन्य जाति समुदायका नारीहरुमा पनि प्रभाव पर्न थालेको छ ।

माना खाएर मुरी उब्जाउने महिना असार र साउनको खेती लगाइसकेपछि विवाह भएर पराई घर गएकी छोरीचेलीको थकान मेटाउन माइत जाने मिष्ठान्न भोजन खाएर रमाइलो गर्ने साथै वर्त वस्ने परम्परा रहेको तीज यो वर्ष कोरोना भाइरस महामारीका कारण सबैका लागि खल्लो रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश सभा सदस्य तथा १ नम्बर प्रदेश सामाजिक विकास समिति सभापति सरिता थापाले बताउँछिन् ।

कोराना भाइरस संक्रमणले विश्व नै आक्रान्त भएको अवस्थामा परम्परागत मनाइने पर्वहरु पनि प्रभावमा परेकाले अघिल्लो वर्षको समान्य अवस्था भन्दा यो वर्षको चाँडपर्व मनाइरहँदा समय परिस्थिति अनुकुल फरक ढंगल मनाउनुपर्ने अवस्था सृजना भएको उनको धारणा छ ।

प्रदेश सभा सदस्य थापा यो वर्षको तिज घरमा मरीमराऊ (जुठोमा रहेकोे) परेकाले चाँडपर्वमा सामेल नहुने योजना रहेको भए पनि भाइरस संक्रमणका कारण प्रत्यक्ष भेट्न असम्भव भएको अवस्थामा घरैमा बसेर सामाजिक सञ्जालको माध्यमबाट शुभकामना आदनप्रदानका कार्यक्रमहरुमा सामेल भइरहेकीछिन् ।

धार्मिक आस्थामा आधारित तीज व्रत
तीज व्रत परम्परा धार्मिक कथन अनुसार हिमालय राजाकी छोरी पार्वतीले शिव पति पाँउ भनेर कठोर व्रत बसेको र सोहि अनुरुप पार्वतीको व्रतबाट प्रशन्न भएर उनले शिव पतिकोरुपमा प्राप्त गरेको भन्ने धार्मिक आस्था रहेको शास्त्रमा देखिन्छ ।

तीजलाई महिलाहरुले विशेष सांस्कृतिक, धार्मिक महत्वकोरुपमा साथै धार्मिक आस्थाकोरुपमा लिने गरिन्छ । तीजलाई हामी कसरी हेर्छौ भने शास्त्रमा लेखिए अनुसार पार्वतीले योग्य वर चुन्नका निमित्त जुन संघर्ष गर्नुभयो, उहाँको बुवाले पार्वतीको विवाह विष्णु भगवानसँग गरिदिने भन्ने वचन गर्नु भएको थियो,’ प्रदेशसभा सभासदको थापा भन्छिन्, ‘पर्वतीको मनले इच्छाएको वर शिवजी भएकाले उहाँलाई प्राप्त गर्नका निमित्त एकान्तमा लामो समय ध्यानमा बस्दा शिद्धि प्राप्ति नभएको भएर भाद्र शुक्ल दितियाको दिन कठोर पानि पनि नखाई आरधना गनु भएकाले पार्वतीको कठोर व्रतमा शिव प्रशन्न भएर दिएको वरदान अर्थात पार्वतीले ईच्छाएको वर पाएको धार्मिक आस्थाको रुपमा मान्दछौ । ’

तीज व्रत माग पुर्ति गर्ने आन्दोलन
भगवानको पालोमा आफ्नो माग पुरा गर्न कठोर संघर्ष गरेको त्यो अवस्थालाई त्यो समयको भाषमा व्रत भनिएको थापाको धारणा छ । उनको भनाई अनुसार अघिल्लो समयमा तीजको व्रत बस्दा निराहार पानी पनि नखाई तपस्या गरेर आफुले इच्छाएको कुरा पाएको भन्ने अर्थमा हेरिन्थ्यो भने वर्तमान अवस्थामा आन्दोलनको भाषामा भन्ने हो भने आफ्नो माग, अधिकार पूरा गर्नका निमित्त केहि नखाई निहार अनसनमा रहेर आन्दोलन गरेको भन्ने उनको तर्क छ ।

‘त्यो समय शास्त्रीय कुराले व्रत बस्ने भन्ने भएकाले विवाह भएका महिलाले आफ्नो श्रीमान, छोराछोरी र आफ्नो परिवारको प्रगति, सुस्वास्थ्यका निमित्त व्रत बस्ने भन्ने एउटा मान्यता छ’ उनी भन्छिन्- ‘विवाह नगरेका छोरीहरुले योग्य वर पाँउ आफुले रोजेको पति पाउ भन्नेर व्रत बस्ने शास्त्रिय कुरा रहेको छ ।’

भड्किलो बन्दै तीज
असार साउनको खेती लगाइसकेपछि विवाह भएर पराई घर गएका छोरी चेलीको थकान मेटाउन माइत जाने, मीठो मसिनो खाइ रमाइलो गर्ने प्रचलन रहेको तीज पर्व विगतका दिनहरुमा बढीमा ३ दिनसम्म मनाइने चलन थियो ।

पछिल्लो समय तीज मनाउने तरिकामा थोरै विकृति आएको छ, तीज आउन महिना दिन अगाडीबाट नै भेटघाट रमाइलो गर्दै दरखाने, नाचगान गर्दै मनाउने थालिएको छ । अघिल्लो वर्षहरुमा तीज पर्व महिलाहरुका लागि दुख साटासाट गर्ने उत्पिडनमा परेका महिलाहरुका लागि अधिकार प्राप्ति, स्वतन्त्रताका लागि तीजले जागरण ल्याउने गर्दथे ।

वर्खाको हिलो, झरीबाट बल्लतल्ल पार पाएका चेली माइतीघर जाने साथीभाई, माईतीघरका आमा बुवा आफ्न्तसँग भेटघाट रमाईलो गर्दै दर खाने प्रचलन रहे पनि पछिल्लो समय शहर बजारमा पहिरन र गरगहनाको सन्दर्भमा भड्किलो बन्न थालेको थापाको धारणा छ ।

विगतका दिनहरुमा मौलिक परिकार ढकनी (चामलबाट बनेको परिकार), सेलरोटी दुधबाट बनेका परिकार दरमा खाने प्रचलन रहेपनि आधुनिकतामा प्रवेश गरसँगै खानपिनमा पनि मौलिक स्वाद हराएको उनले बनाईन ।

तीज नारीहरुको सौभाग्य र समृद्धिका लागि धार्मिक परम्पराअनुसार मनाईने साथै वर्षभरी पराई घरबाट थकान मेट्न चेली माइतीघर आउने दुख सुख सबै भुलेर रमाइलो गर्ने तीज पर्व पछिल्लो समय आधुनिकतामा प्रवेश गरेसँगै महङगा पहिरन गरगहना लगाउने तर्फ प्रतिस्पर्दा बढ्न थालेको उनको भनाइ छ ।

उनले भनिन् ‘तीजको व्रतले सत्य युगदेखि नै अधिकार प्राप्ति साथै न्याय प्राप्तिका लागि लड्न पर्छ भन्ने सन्देश दिएको छ, सोही अनुरुप विकृतिलाई हामीले नै निरुत्साहित गर्न तर्फ लाग्न पर्दछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *