बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु
मकालु खबर
२०७७ भदौ ५ गते
काठमाडौं । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्यु भएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका-७ का ६४ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएका ती व्यक्तिको बिहान ६ बजेतिर मृत्युभएको जानकारी आएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले पुष्टि गरे । साउन अन्तिम साता भारतबाट आएका ती व्यक्ति स्थानीय क्वारेन्टाइनमा बसेका थिए ।
त्यहाँ पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै उन स्वास्थ्यमा समस्या देखिएको थियो । स्वास्थ्य समस्या देखिएपछि बुटवल ल्याएर भदौ १ गते अस्पताल भनाए गरिएका उनको आईसीयूमा उपचार भइरहेको थियो ।
उपचारका क्रममा उनको बिहान मृत्यु भएको हो । योसँगै बुटवलको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
मकालु खबर
२०७७ भदौ ५ गते
प्रतिक्रिया
सम्बन्धित