प्रधानमन्त्री ओलीद्वारा तीजको शुभकामना व्यक्त, जीवन रक्षालाई विशेष ध्यान दिन आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा शुभकामना व्यक्त गरेका प्रधानमन्त्री ओलीले विज्ञहरुको सल्लाह र सरकारको निर्देशनलाई ख्याल गर्नसमेत भनेका छन् ।
“यस बर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु परेको छ । त्यसैले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था छैन । विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप नै सामाजिक व्यवहार गर्न मेरो आग्रह छ ।” उनले उल्लेख गरेका छन् ।
यस्तै उनले महामारीको समयमा आफ्नो जीवन रक्षालाई विशेष ध्यान दिनसमेत सुझाएका छन् ।
यस बर्षकाे तीज काेरोना महामारीले सिर्जना गरेकाे कष्टकर परिस्थितिका बीच मनाउनु परेकाे छ । त्यसैले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासकाे अवस्था छैन । विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप नै सामाजिक व्यवहार गर्न मेरो आग्रह छ ।
— K P Sharma Oli (@kpsharmaoli) August 21, 2020