निषेधाज्ञाकाे दोस्रो दिनः बैंकका कर्मचारीलाई आवत जावत गर्न सहज

काठमाडौं । आजबाट बैंकका कर्मचारीलाई कार्यालय आवत जावत गर्न सहजा भएको छ । निषेधाज्ञाको पहिलो दिन हिजो शुक्रबार भने बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई कार्यालय आवत जावत गर्न कुनै ट्राफिक प्रहरीले रोकेको भन्दै बैंक बन्द भएको थियो ।

बैंकका कार्मचारीलाई बाटोमा नै ट्राफिक प्रहरीले रोकेको भन्दै बैंकसं संघले बिहिबार उपत्यकामा बैंकका कुनै पनि शाखा नखोल्ने निर्णय गरेको थियो ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले आज बैंकका कर्मचारीलाई आवत जावतमा समस्या नभएको बताए । बैंकका कर्मचारीहरु सहजा रुपमा आज कार्यालय गएको दाहालले बताए ।

आज उपत्यकामा बाणिज्य बैंकका चार वटा शाखा खोल्ने छ । सबै बैंकले आफ्ना केन्द्रिय कार्यालय पनि खोल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *