आज मात्र उपत्यकामा ३ जनाको मृत्यु, भयावह बन्दै कोरोना
मकालु खबर
२०७७ भदौ ५ गते
काठमाडौं । उपत्यकामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमित ३ जनाको मूत्यु भएको छ । ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा उपचाररत दुई जना र साउन ३१ गतेदेखि अस्पतालमा उपचाररत सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको शुक्रबार निधन भएको हो ।
पाटनमा अस्पतालमा मृत्यु हुनेमा दोलखा जिल्लाकी एक महिला र सर्लाही जिल्लाका एक पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार गत भदौ २ गतेदेखि उपचाररत दोलखाकी ३० वर्षीया महिलाको मृत्यु भएको हो ।
त्यस्तै साउन ३१ गतेदेखि अस्पतालमा उपचाररत सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको शुक्रबार निधन भएको छ । यस्तै बिहीबार राति काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु भएको हो ।
मकालु खबर
२०७७ भदौ ५ गते
प्रतिक्रिया
सम्बन्धित