राष्ट्र बैंकको निर्देशनः रेमिट्यान्स कम्पनी खोल्नु

काठमाडौँ । नेपाल राष्ट्र बैंकले निषेधाज्ञामा पनि रेमिट्यान्स कम्पनीहरु खुला गर्न निर्देशन दिएको छ । राष्ट्र बैंक विदेशी बिनिमय व्यवस्थापन विभागले आज इजाजतपत्र प्राप्त सम्पूर्ण रेमिट्यान्स कम्पनीहरुलाई स्थानीय प्रशासनको निषेधाज्ञा लगायतका आदेशको परिपालना हुने गरी सेवा दिन निर्देशन दिएको हो ।

आलोपालो मिलाई सकेसम्म न्यूनतम कर्मचारीबाट विप्रेषण भुक्तानीको व्यवस्था मिलाउने, बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी रेमिट्यान्स फण्ड ट्रान्सफर तथा विदेशी मुद्रा सटही गर्ने एवम् संभव भएसम्म विप्रेषण भुक्तानी बैंक मार्फत हुने व्यवस्था मिलाउन पर्ने सूचना उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *