विश्वभर कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ८ लाख नाध्यो, कुन देशमा कति ?

काठमाडौं । कोभिड–१९ ले विश्वभर ज्यान गुमाउनेहरुको संख्या ८ लाख नाघेको छ । वल्र्डोमिटरका अनुसार आज शनिबार विहानसम्म विश्वभर कोभिड–१९ ले ८,०२,८८९ को मृत्यु भइसकेको छ ।

पछिल्लो तथ्यांक अनुसार विश्वभर २,३१,०५,०७८ मानिस कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये १,५७,००,८५२ जनाले कोभिड–१९ लाई जितेका छन् ।

हालसम्म सबैभन्दा धेरै कोभिड–१९ का कारण अमेरिकामा निधन भएको छ । अमेरिकामा हालसम्म १,७९,२०० जनाको मृत्यु भएको छ । अमेरिका पछि सबैभन्दा धेरै ब्राजिलमा मृत्यु भएको छ । ब्राजिलमा अहिलेसम्म १,१३,४५४ जनाको मृत्यु भएको छ । ब्राजिलमा अहिलेसम्म ३५,३६,४४८ जना संक्रमित भइसकेका छन् ।

तेस्रो नम्बरमा एशियाली राष्ट्र भारत आएको छ । छिमेकी मुलुक भारतमा अहिलेसम्म २९,७३,३६८ संक्रमित हुँदा ५५,९२८ जनाको मृत्यु भइसकेको छ । मेक्सिकोमा पनि कोरोना संक्रमितहरुको मृत्यु हुनेको संख्या बढ्दो छ । हालसम्म मेक्सिकोमा ५९,६१० जनाको मृत्यु भइसकेको छ । मेक्सिकोमा भन्दा भारतमा संक्रमितको संख्या बढ्दो छ ।

बेलायतमा पनि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ठूलो छ । हालसम्म बेलायतमा ३,२३,३१३ संक्रमित हुँदा ४१,४०५ को निधन भइसकेको छ । स्पेनमा २८,८३८ को मृत्यु भएको छ ।

फ्रान्समा ३०,५०३ को मृत्यु हुँदा इरानमा २०,३७६, इटालीमा ३५,४२७ र पेरुमा २७, ०३४ को मृत्यु भएको वल्र्डोमिटरको तथ्यांकले जनाएको छ । नेपालमा ३०,४८३ कोरोना संक्रमित हुँदा १३७ को मृत्यु भएको छ । नेपालमा आजसम्म कोरोना संक्रमण भएर उपचारपछि १८,२१४ निको भइसकेका छन् ।

कुन देशको अवस्था कस्तो ?

थप जानकारीका लागि जानुहाेस्

https://www.worldometers.info/coronavirus/

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *