चितवनको बनमा गैंडा मृत फेला

चितवन । चितवन रास्ट्रिय निकुञ्जअन्तर्गत राप्तीदुन सामुदायिक बनमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ ।

करिब ७ बर्षको पोथी गैंडा शनिबार (आज) बिहान मृत फेला परेको हो । बनको घोलमा आहाल खेल्ने क्रममा भांसिएको अवस्थामा गैंडा फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

निकुञ्जको गस्ती टोलीले मध्यान्नतिर घोलमा अड्किएर रहेको अवस्थामा गैंडा भेटको हो । गैंडाको आपसमा जुधेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

गैंडाको खाग, खुर सबै सुरक्षित रहेको प्रमुख संरक्षण अधिकृत बरालले बताए । चितवन निकुञ्जमा प्राकृतिक कारणले गैडा मर्ने क्रम बढ्दो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *