सरकारसँग साझाको माग : ‘स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर’

काठमाडौं । साझा पार्टीले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गरेको छ ।

काठमाडौंसहित देशका विभिन्न ठाउँमा स्वास्थ्यकर्मीहरूमाथि भइरहेका दुर्व्यवहार र भेदभावजन्य क्रियाकलाप गर्नेलाई कारबाही सुनिश्चित गर्न साझाले सरकारसँग माग गरेको हो ।

कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै जाँदा काठमाडौंसहित देशका विभिन्न भागमा पछिल्ला दिनमा चिकित्सक र अन्य स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएका समाचारप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको साझाका सह-प्रवक्ता शरदराज पाठकले विज्ञप्तिमार्फत् जनाएका छन् ।

त्यहाँ भनिएको छ, ‘अर्को व्यक्तिमाथि कुनै पनि खालको भेदभाव वा दुर्व्यवहार यसै पनि कानूनी रूपमा दण्डनीय कसूर हो । त्यसमाथि हाल यत्रो ठूलो जनस्वास्थ्य संकटको समयमा पर्याप्त सेवा सुविधाको अभाव छ ।’

त्यसका बाबजूद आवश्यक विश्रामसमेत नलिई विरामीहरूको सेवामा अहोरात्र खटिईरहेका स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गरिनुपर्नेमा उल्टै आफ्नै छरछिमेकबाट उनीहरूमाथि सामाजिक विभेद र दुर्व्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार भएको साझाको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *