‘टिक टक’ ट्रम्पविरुद्ध अदालत पुग्यो
मकालु खबर
२०७७ भदौ ७ गते
एजेन्सी । चिनियाँ भिडिओ एप ‘टिक टक’ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध अदालतमा अपील गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकामा टिकटक प्रतिबन्ध गरेपछि कम्पनीले कानूनी उपचार खोजेको हो । राष्ट्रपतिको कार्यकारी आदेशविरुद्ध यसै साता न्यायिक सुनवाई शुरु हुने बताइएको छ ।
अमेरिकामा सेप्टेम्बर महिनाको मध्यदेखि टिकटकको संचालक कम्पनी ‘बाईट डान्स’ सँग कुनै कारोबार नगर्न ट्रम्पले आदेश जारी गरेका थिए ।
टिकटकले अमेरिकी नागरिकको गोप्य सूचनाहरु चिनियाँ सरकारलाई उपलब्ध गराउन सक्ने ट्रम्पको भनाई छ ।
तर टिकटकले भने ट्रम्पको आरोप अस्वीकार गरेको छ । अमेरिकामा टिकटकका ८ करोड सक्रिय प्रयोगकर्ताहरु रहेका छन् ।
मकालु खबर
२०७७ भदौ ७ गते
प्रतिक्रिया
सम्बन्धित