कोरोना संक्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीकाे संख्या १९२ पुग्याे

काठमाडौं । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीहरूकाे संख्या १९२ पुगेकाे छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले यसबारे जानकारी गराएकाे हाे । समितिका अनुसार याे साता लग्जम्वर्गमा थप एकजना नेपालीकाे मृत्यु भएसँगै ज्यान गुमाउने नेपालीकाे संख्या १९२ पुगेकाे हाे ।

बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की नेदरल्यान्ड, स्वीडेन, भारत, साउथ अफ्रिकालगायत १६ देशमा रहेका नेपालीहरुको काेराेना संक्रमणबाट ज्यान गएकाे हाे ।

अहिलेसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरूमा काेराेना संक्रमण देखिएकाे पनि समितिले जनाएकाे छ । हालसम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार ३ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । समितिका अनुसार तीमध्ये ३२ हजार २ सय ५३ जना कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *