भन्सार छलि गरी सामान ल्याएको भरतीय ट्रक सहित ३ करोड असूल गर्न उच्च अदालतमा मुद्दा दायर
काठमाडौं । भन्सार छलि गरी समान ल्याएको भरतीय ट्रक सहित ३ करोड असूल गर्न उच्च अदालतमा मुद्दा दायर भएको छ । भारतीय ट्रकमा फल्स बटम (छुट्टै नदेखिने क्याविन कोठा) वनाई रजनिश कुमार गुप्ता र राजु थापा भन्ने राजेन्द्र थापा समेत ६ जनाले भन्सार चुहावट गरेकोमा मुद्दा दायर गरेको हो । सो सकूर अभियोगमा ३ करोड १९ लाख ७७ हजार ३३२ रुपैयाँ विगो कायम गर्न उच्च अदालत पाटनमा मुद्दा दायर गरिएका छ ।
प्रतिवादीहरु बीरगञ्ज उप महानगरपालिका वडा नं. १० स्थायी ठेगाना भएका रजनिश कुमार गुप्ता, खैरहनी न.पा. ३ चितवन, स्थायी ठेगाना भएका राजु थापा भन्ने राजेन्द्र थापा रहेका छन् । भारतीय कपडाहरु लुकाई छिपाई चोरी पैठारी गरि राजस्व चुहावट तथा छलि गरेका हुन । उक्त कार्यमा मालवस्तु ढुवानीकर्ता नेपाल लजिष्टिकका संचालक राजेन्द्र प्रसाद गुप्ता र बरामद मालवस्तु भएको ट्रकका चालक सुनिल कुमारको हकमा बरामद मालवस्तुको मूल्य ५३ लाख १९ हजार ५६२ रुपैयाँ विगो कायम गरिएको छ ।
अन्य प्रतिवादीहरु बारा जिल्ला कलैया नगरपालिका वार्ड नं. ८ आदर्शटोल स्थायी ठेगाना भई काठमाण्डौमा कपडा पसल संचालन गरि उक्त कार्यको व्यवस्थापन गर्ने रंजित कुमार गुप्ता र मेरव अपार्टमेन्ट बिकासीपुरी दिल्ली भारत स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिकाको सनराईज टावर धोवीघाटमा बसोबास गरी सृजन शर्मा नाम गरेका व्यक्तिका नाममा दर्ता मुद्दा दर्ता भएको छ ।