आईएमईको प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाँल नियुक्त
काठमाडौँ । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाँल नियुक्त भएका छन् । विभिन्न बीमा कम्पनीमा उच्च व्यवस्थापकीय पदमा कार्यरत रहेका फुयाँल उक्त कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।
फुयाँलले आफ्नो करियर बैंकिङ्ग सेवा बाट सुरुवात गरेका थिए ।
उनले आजै कम्पनी सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदको शपथ ग्रहण गरेका हुन् । फुयाँलले आफूसँग रहेको कार्य अनुभवको प्रचुर रूपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिई जीवन बीमा कम्पनीहरू मध्ये उत्कृष्ट स्थान हासिल गर्न आफू सदैव प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै कम्पनीलाई हाल सम्म सहयोग पुर्याने नियमनकारी निकायहरू बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय तथा कम्पनीको सञ्चालक समिति, संस्थापक शेयर धनीहरू, अभिकर्ता, शुभचिन्तक लगायत सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद दिँदै आगामी दिनमा सहयोग गर्नसमेत आग्रह गरेका छन् ।