बजारमा २ अर्ब बढीको सेयर कारोबार, २१.११ अंकले बढ्यो
मकालु खबर
२०७७ भदौ ८ गते
काठमाडौं । आज सेयर बजारमा २ अर्ब बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २१.११ अंकले बढेर १४३१.४५ अंकमा पुगेको छ । जुन १.५० प्रतिशतले बढेको छ ।
सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन १९ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ सय २२ रुपैयाँ रहेको छ । सोमबार होटल समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् ।
मकालु खबर
२०७७ भदौ ८ गते
प्रतिक्रिया
सम्बन्धित