डब्लूएचओले ल्याएको नयाँ योजना ‘कोभेक्स’मा १ सय ७२ देश सहभागी
मकालु खबर
२०७७ भदौ ८ गते
जेनेभा । कोरोना भाइरस(कोभिड १९) को खोपमा न्यायोचित पहुँच सुरक्षित गर्न विश्व स्वास्थ्य संगठनले ल्याएको ‘कोभेक्स’ कार्यक्रममा विश्वका १ सय ७२ देशहरु सहभागी भएका छन् । यही महिनाको अन्त्यसम्ममा देशहरुले यस कार्यक्रममा दाबी गर्न पाउने छन् ।
उक्त सुविधाबार डब्लूएचओले यही सोमबार जानकारी दिएको हो । तर यसका लागि थप कोषको आवश्यकता रहेको र त्यसका लागि देशहरुको प्रतिवद्धता आउनुपर्ने बताइएको छ ।
सेप्टेम्बर १८ सम्म पक्का गरिसक्नुपर्ने र अक्टोबर ९ सम्ममा प्रारम्भिक भुक्तान गरिसक्नुपर्ने डब्लूएचओका अधिकारीहरुले जनाएका छन्।
डब्लूएचओका महानिर्देशक टेड्रोस अधनोम घेब्रेससले यो कार्यक्रम कोभिड १९ को महामारी अन्त्यका लागि महत्वपूर्ण रहेको बताएका छन् ।
मकालु खबर
२०७७ भदौ ८ गते
प्रतिक्रिया
सम्बन्धित