भेरी अस्पतालका दुई चिकित्सकमा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज । भेरी अस्पतालका दुई जना चिकित्सकलाई काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

साेमबार री अस्पतालको प्रयोगशालामा स्वास्थ्यकर्मीकाे काेराेना परीक्षण गरिएकाे थियाे । मंगलबार भेरी अस्पतालको मेडिसिन डिपार्टमेन्टका प्रमुख डाक्टर राजन पाण्डे र कोरोनाका फोकलपर्सन डा. संकेत रिसालकाे रिपाेर्ट पाेजेटिभ आएको हो।

डाक्टर पाण्डेले फेसबुकमा लेखेका छन्, ‘कोभिड–१९ को बिरामीहरुको उपचारमा रहँदा म पनि यसबाट अछुतो रहन सकिनँ । मसँग गत एक हप्ताभित्र सम्पर्कमा आउनुहुने सम्पूर्ण व्यक्तिहरुले कोभिड–१९ को जाँच गर्नुहोला । म स्वस्थ भएपछि प्लाज्मा डाेनेट गर्नेछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *