सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु
मकालु खबर
२०७७ भदौ १० गते
काठमाडौं । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत जिल्लाको गोदावरी नगरपालिका ११ घर भएका ४५ बर्षीय पुरुषको मृत्यु भएको हो ।
सुरुमा धनगढीकै निजी निसर्गमा अस्पतालको आईसीयूमा उपचार गराइरहेका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार सेतीमा भर्ना गरिएको थियो । सेतीमा भर्ना भएको केही घण्टामा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनालाई जानकारी गराइसकिएको छ ।
मकालु खबर
२०७७ भदौ १० गते
प्रतिक्रिया
सम्बन्धित