थप ११ जनाको मृत्यु, मृतकको कूल संख्या १७५ पुग्यो : स्वास्थ्य मन्त्रालय

काठमाडौं । कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ ।

बुधबार (आज) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका जानकारीअनुसार नेपालमा थप ११ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा दुई महिला र नौ पुरुष रहेको पनि प्रवक्ता गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।

यस्तै गत २४ घण्टामा थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *