उपत्यकामा संक्रमण बढेको बढ्यै, आजै थपिए ३०१ नयाँ संक्रमित
मकालु खबर
२०७७ भदौ १० गते
काठमाडौं । काठमाडौं उपत्यकामा थप ३०१ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङ्गमार्फत् दिएका जानकारीअनुसार बुधबार (आज) नै उपत्यकामा थप ३०१ जना संक्रमित थपिएका हुन् ।
प्रवक्ता गौतमका अनुसार काठमाडौं जिल्लामा २३० जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुर र भक्तपुरमा क्रमसः ४७ र २४ जनामा पुष्टि भएको छ ।
यस्तै गत २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ भने थप ८८५ जना संक्रमित थपिएका छन् ।
मकालु खबर
२०७७ भदौ १० गते
प्रतिक्रिया
सम्बन्धित