अमेरिकी कम्पनीद्वारा निर्मित खोप सबै उमेर समूहमा प्रभावकारी देखिएको दावी

एजेन्सी । अमेरिकी कम्पनी मोडर्नाले उत्पादन गरिरहेको कोरोना भाइरस (कोभिड १९)को सम्भावित खोप सबै उमेर समूहका लागि सुरक्षित र प्रतिरोधी क्षमता विकास गर्ने देखिएको कम्पनीले दावी गरेको छ ।

सुरक्षा परीक्षणको पहिलो चरणको तथ्याङ्कबाट खोपले हल्का मात्र प्रतिकूल प्रभाव देखाएको र १८ वर्षदेखि ७१ वर्षसम्मका स्वयम्सेवकहरुमा प्रतिरोधी क्षमता विकास गरेको पाइएको मोडर्नाकी संक्रामक रोग प्रमुख डा. ज्याक्लिन मिलरले जानकारी दिँदै दावी गरिन् ।

पहिलो चरणको परीक्षण तीन उमेर समूहमा गरिएको उनले बताए । १८ देखि ५६, ५६ देखि ७० तथा ७१ वर्षभन्दा माथि गरिएको परीक्षणबाट यो खुलेको अधिकारीहरुले बताएका छन् ।

त्यहाँ स्वयम्सेवकहरुलाई २८ दिनको अन्तरमा १०० एमजीको दुई डोज दिइएको पनि मिलरले बताइन् । खोप दिएपछि भाइरसलाई निस्क्रिय बनाउने एन्टीबडी सबैको शरीरमा पाइएको, धेरै उमेर भएकाहरुमा पनि, उनले बताइन् ।

यस खोपबाट देखिने प्रतिकूल प्रभावमा थकान, टाउको दुख्ने आदि रहेका छन् । यस्ता लक्षण दोस्रो डोज लिएपछि अझ बढी देखिएको थियो । तर, यी सबै दुई दिनभित्र हराउने पाइएको परीक्षणको तथ्यांकले देखाएको छ ।सीएनएनबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *