नेपाल चेम्बर अफ कमर्सको संशोधित विधान मन्त्रिपरिषद्बाट स्वीकृत
मकालु खबर
२०७७ भदौ ११ गते
काठमाडौं । चेम्बरको संशोधित विधान मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।
नेपाल चेम्बर अफ कमर्सको सातौं संशोधन विधान मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चेम्बरको विधान स्वीकृत भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।
चेम्बरको नयाँ विधानमा प्रादेशिक संरचना अंगीकार गरिएको प्रवक्ता खतिवडाले बताए । यस्तै आवधिक निर्वाचन सुनिश्चितसमेत गरिएको छ ।
यस्तै एक जिल्लामा एक मात्र च्याम्बर रहने र नयाँ गठन हुने सबै चेम्बरका समिति जिल्ला मातहत नै रहने समेत उनले विस्तार गरेका छन् ।
मकालु खबर
२०७७ भदौ ११ गते
प्रतिक्रिया
सम्बन्धित