सिफारिस राजदूतबारे उजुरी दिन सुनुवाइ समितिको आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि सिफारिस गरिएका राजदूतहरुबारे उजुरी दिन आह्वान गण्रेको छ ।

सिफारिस भएका तीन जनाबारे कुनै उजुरी भए उपलब्ध गराउन समितिले आह्वान गरेको हो ।

सुनुवाइ समितिले शुक्रबार (आज) सूचना प्रकाशित गरी २२ भदौसम्ममा समितिको कार्यालयमा पुग्ने गरी उजुरी गर्न भनेको हो ।

सरकारले गेहेन्द्र राजभण्डारीलाई बेल्जियम र युरोपियन युनियन, तापस अधिकारीलाई पाकिस्तान तथा रामकाजी खड्कालाई जर्मनीका लागि राजदूतमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *