चिकित्सक संघले भन्यो- ‘डा. केसीप्रति भएको गैरमानवीय कार्य रोक्नु’
मकालु खबर
२०७७ भदौ १३ गते
काठमाडौं । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीजस्तो मानवीय कार्यमा संलग्न जिम्मेवार चिकित्सकलाई घेरामा राख्ने, हिँड्न नदिनेलगायतका कार्य तत्काल रोक्न सरकारसँग माग गरेको छ ।
संघले डा. केसीलाई बिना कुनै कारण सुरक्षाको घेरामा राख्ने, हिँड्डुल गर्न नदिने, नागरिकहरुसँग सम्पर्क गर्न नदिनेजस्ता अस्वाभाविक र गैरमानवीय कार्य भएकोले तत्काल रोक्न सरकारसँग माग गरेको हो ।
संघका महासचिव डा बद्री रिजालद्वारा जारी विज्ञप्तिमा संघका आजीवन रहेका डा. केसी आफू बसेको स्थानबाट बाहिर जान, हिँड्डुल गर्न सुरक्षाकर्मीको प्रयोग गरी रोकिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाइएको छ ।
डा. केसीले चिकित्सा शिक्षा सुधारलगायतका विषयलाई उठाएर पटक–पटक अनशन बस्दै आएका छन् । तर राज्यले उनको माग सम्बोधन गरेका छैन ।
मकालु खबर
२०७७ भदौ १३ गते
प्रतिक्रिया
सम्बन्धित