त्रिभुवन विश्वविद्यालय गैरजिम्मेवार बन्यो : नेविसंघ
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय गैरजिम्मेवार बनेको आरोप लगाएको छ ।
शनिबार (आज) विज्ञप्ति जारी गर्दै संघले त्रिविका पदाधिकारी विद्यार्थीप्रतिको जिम्मेवारी र दायित्व निर्वाह गर्न सक्षम नरहेको जनाएको छ ।
अहिलेको कोरोना संकटको अवस्थालाई अवसरको रुपमा सदुपयोग गर्दै खोज, अध्ययन र अनुसन्धानमार्फत विश्वका अन्य विश्वविद्यालय सरह नयाँ–नयाँ तथ्य सँगै यसको निराकरणका उपायहरु पत्ता लागाउनुपर्नेमा त्यसो गर्न नसकेको आरोप नेविसंघको छ ।
महामन्त्री बलदेव तिमिल्सिनाले त्रिविले परीक्षाको लागि सूचना सम्प्रेषण गर्ने र आफ्नो खुट्टामा आफैँ उभिन नसक्ने, अनलाइन कक्षाको नाटक मञ्चन गर्ने, २ सय ५५ भन्दा बढी विद्यार्थी कक्षामा सामावेश गर्न नसक्ने, सेमेष्टर प्रणाली भन्ने तर आन्तरिक मूल्यांकनलाई वैधानिकता दिन नसक्ने भन्दै आपत्ति प्रकट गरेका छन् ।
उनले त्रिविले परिक्षाको निम्ति चार वटा उत्तम विकल्प भन्दै अघि सारेपनि मापदण्ड नबनाउने र त्यसको विश्वसनियता र वैद्यतामाथि प्रश्न गर्ने गरेको उल्लेख गरेका छन् ।