केन्द्रीय कारागारका डेढ सय बढीलाई एकैसाथ ज्वरो, कोरोना परीक्षणका लागि स्वाव संकलन

काठमाडौं । केन्द्रीय कारागार सुन्धारा काठमाडौंका करिब डेढ सय बढीलाई एकैसाथ ज्वरो र रुघाखोकीको समस्या देखिएको छ ।

कारागारमा थनुवासहित डेढ सय भन्दा बढीलाई ज्वरो तथा रुघाखोकीको समस्या देखिएपछि उनीहरुको स्वाव संकलन गरिएको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार कारागारमा बाहीरबाट ल्याइएका दुईजनामा कैदीमा कोरोना देखिएपछि कारागारभित्रै क्वारेन्टिन बनाएर राखिएको छ ।

कारागारका ५० जना कैदी तथा ३० जना सुरक्षाकर्मीको स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको कारागार स्रोतले जानकारी दिएको छ ।

बुधबार कैदीबन्दीहरुले मानवअधिकार आयोगसमक्ष जीवनरक्षाको लागि पहल गरिदिन पनि आग्रह गरेका थिए । हाल जेलभित्र क्षमताभन्दा बढी कैदीबन्दी रहेकोले संक्रमणको जोखिम उच्च रहेको छ ।

आयोगले बुधबारै सरकार र कारागार व्यवस्थापन विभागलाई परिपत्र गर्दै उच्च सतर्कता अपनाउन सजग गराइएको राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त सुदीप पाठकले जानकारी दिए ।

देशभरका ७१ जेल रहेकामा २३ हजार ८०० कैदीबन्दी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *