एउटै उद्योगका ३७ जना कोरोना संक्रमित

काठमाडौं । चितवनको रत्ननगरमा शनिवार कोरोना पुष्टि भएका मध्य ३७ जना एउटै मैदा मिलको रहेको खुलेको छ ।

उनीहरु रत्ननगर ४ स्थित एक मैदा मिलमा कार्यरत हुन । शिवशक्ति खाद्य उद्योगमा कार्यरत ७६ जना कर्मचारी तथा कामदारको स्वाव परिक्षण गर्दा ३७ जनामा कोरोना पुष्टि भएको हो ।

यसअघि उक्त उद्योगमा कार्यरत १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि संक्रमित देखिएका १० जनाले समेत पुन स्वाव दिएकोले संख्या धेरै देखिएको रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले जानकारी दिए ।

पहिला संक्रमितमध्य दुईतिनजना मात्रै कोरोना मुक्त भएकाले नयाँ ३० जना संक्रमित थपिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *