रक्षामन्त्री, गृहमन्त्री  र स्वास्थ्यमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ 

काठमाडौं । होम क्वारेन्टाइनमा बसेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापछि पूर्णचन्द्र थापा लगायतको पीसीआर रिपोर्ट निगेटिभ आएको छ ।

स्वास्थ्य मन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार स्वास्थ्मन्त्री ढकालसहित सबैको शनिबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट निगेटिभ आएको हो ।

छाउनीस्थित नेपाली सेनाको हाताभित्र रहेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि बैठकमा सहभागी भएका उनीहरु होम क्वारेन्टाइनमा बसेका थिए ।

मन्त्रीहरुसहित प्रधानसेनापति, सचिव र छलफलमा सहभागी कर्मचारीहरुको शनिबार बिहान सीसीएमसीको टोलीले पीसीआर परीक्षण गरेको थियो । सबैको रिपोर्ट नेगेटिभ आएसँगै अब होम आइसोलेसनमा बसेका मन्त्रीसहितका उच्च अधिकारीहरु नियमित काममा फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *