सैनिक मुख्यालय परिसरमा एक सैनिकद्वारा आत्महत्या
मकालु खबर
२०७७ भदौ १४ गते
काठमाडौं । सैनिक मुख्यालय परिसर, सुन्धारामा एक सैनिकले आत्महत्या गरेका छन् ।
परिसरका सैनिकले आफैँसँग भएको राइफल प्रयोग गरी एक राउन्ड गोली चलाएर आत्महत्या गरेका हुन् ।
आइतबार बिहान ३ बजे सेनाको रिपुमर्दिनी पेट्रोल पम्पमा ड्यूटीमा रहेका एक सिपाही दर्जाका जवानले आफ्नै ड्यूटी बस्दा प्रयोग गरिने राइफल प्रयोग गरी आत्महत्या गरेको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।
उनी तनहुँका हुन् ।
मकालु खबर
२०७७ भदौ १४ गते
प्रतिक्रिया
सम्बन्धित