प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न : ‘डा. गोविन्द केसीलाई अपराधीजस्तै व्यवहार गरिँदा डर लाग्दैन ?’
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले डा. गोविन्द केसीलाई अपराधीजस्तो व्यवहार गरिँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई डर लाग्नुपर्ने उल्लेख गरेका छन् ।
आफ्नो प्रमाणित र आधिकारिक ट्वीटर ह्याण्डलमा प्रधानमन्त्री ओलीलाई मेन्सन गरेर ट्वीट् गरेका सांसद थापाले डा. केसीलाई गरिएको व्यवहारसँग प्रधानमन्त्री ओली डराउनुपर्ने उल्लेख गरेका हुन् ।
“ग्रामीण इलाकामा स्वयंसेवा गरिरहेका डा. गोविन्द केसीलाई अपराधीको जस्तो व्यवहार गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकले के भन्लान् भनेर डर लाग्नुपर्ने होइन र ? जुन जननिर्वाचित सरकार प्रमुखको मनमा नागरिकसँग डर हुँदैन उनको हातमा नागरिक शासन सुरक्षित होला भन्नेमा भर पर्नु हुँदैन ।” सांसद थापाले उल्लेख गरेका छन् ।
यस्तै उनले जननिर्वाचित सरकार प्रमुखको मनमा नागरिकसँगको डर हुनुपर्नेसमेत उल्लेख गर्दै डर नभएको खण्डमा उसको हातमा नागरिक शासन सुरक्षित नहुनेसमेत प्रष्ट पारेका छन् ।
जुम्लामा बसेर ग्रमीण इलाकामा स्वस्थ्यसेवा गरिरहेका डा. केसीलाई प्रहरीले अवरोध गर्दै आएको छ ।
ग्रामीण इलाकामा स्वयंसेवा गरिरहेका डा. गोविन्द केसीलाई अपराधीको जस्तो व्यवहार
गर्दा @PM_Nepal लाई लोकले के भन्लान् भनेर डर लाग्नु पर्ने होइन र?
जुन जननिर्वाचित सरकार प्रमुखको मनमा नागरिकसंग डर हुँदैन उनको हातमा नागरिक शासन सुरक्षित होला भन्नेमा भर पर्नु हुँदैन।— Gagan Thapa (@thapagk) August 29, 2020