५१ करोड अनियमितता गरेको आरोपमा शरदविक्रम राणाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणामाथि अख्तियारमा उजुरी परेको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक रहँदा विराटनगरको ट्रान्स नेपाल प्रा.लि. र वीरगञ्जको हिमालय टर्मिननल प्रा.लि.सँग गरेको पुरक करार सम्झौता गैरकानूनी भएको र यो सम्झौताले राज्यकोषको करोडौं गुमेको भन्दै त्यो सम्झौता गर्ने राणा र तात्कालिन समयमा समितिसँग आवद्ध रहेको युवक डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दामा उजुरी परेको हो ।

भ्रष्टाचारविरोधी अभियानकर्ताको रुपमा आफूलाई चिनाउने वानेश्वरकी शारदा भुषाल (झा) र गीता ढकालले मुद्दा दर्ता गराएका हुन् । उनीहरुले अख्तियारमा उजरी हालेका हुन । साथै राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संसदको सार्वजनिक लेखा समिति, वित्तीइ जानकारी इकाईमा समेत दिएका छन् ।

उनी नेपाली काँग्रेससका नेता रामशरण महतको सालो पनि हुन । उनले पटक पटक नियुक्ति समेत खाने गरेका छन् ।

यस्तो छ उजुरी

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977024509″ /]

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *