आइएमईले पुर्याउँदै छ घर–घरमा नै रेमिटेन्सको सुविधा
काठमाडौं । आइएमईले घर–घरमै रेमिटेन्सको सुविधा पुर्याउने भएको छ । कोरोनाभाइरसले सिर्जना गरेको विषम परिस्थितिमा पनि विदेशबाट पठाएको रकम प्राप्त गर्न आफूसँग आवद्ध सम्पूर्ण व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) प्रत्यक्ष सहभागितामा आइएमई पे मोबाइल वालेट एपलाई सशक्त बनाई रेमिटेन्सको सुविधा सिधै वालेटमा प्राप्त गर्ने प्रावधान सुचारू गरेको हो ।
आइएमईले आइएमई पे मोबाइल वालेट एपबाट नेपालभित्र रहेका नेपालीलाई आफ्नो घर, आफ्नै कोठाबाट नै रेमिटेन्सको रकम प्राप्त गर्ने सुविधा दिँदै आइरहेको छ । सो रकम यसरी आफ्नो मोबाइल वालेटमा रहँदासम्म उक्त रकमको ब्याज र रू. ५० सम्मको बोनस पनि प्राप्त हुन्छ ।
कम्पनीका अनुसार नयाँ सुविधा अन्तर्गत आफूलाई स्वदेश वा विदेशबाट आएको रकम प्राप्त गर्नका लागि आइएमई पे वालेटको ‘रेमिटेन्स’ आइकनमा क्लिक गरी पैसा पठाएको ठाउँको नाम, मनी ट्रान्सफर कन्ट्रोल नम्बर र आएको रकम सुनिश्चित गरी सम्बन्धित फिल्डमा स्पष्टसँग भर्नुर्छ । प्रकृया अनुसार आफ्नो वालेट पीन दाखिला गरी आफ्नो रकमको अवस्था एकिन गर्न गर्न सकिने छ ।
यदि पठाएको रकम आइएमई पे एपमा नै प्राप्त गर्नुपर्ने भएमा ‘रिसिभ’ बटम थिची आफ्नै वालेटमा प्राप्त गर्नु सकिने छ । त्यसका अतिरिक्त ‘नियर बाइ एजेन्ट’ मा थिची आफुँलाई पायक पर्ने आइएमई काउन्टर भ्रमण गरी आफ्नो पैसा प्राप्त गर्न सकिने छ । यी सवै सुविधा प्राप्त गर्नका लागि आइएमई पे एप डाउनलोड हुनुका साथै केवासी अध्यावधिक भएको हुनुपर्ने आइएमई ग्रुपले जानकारी दिएको छ । यस सम्बन्धि पूर्ण जानकारीका लागि जततउकस्ररथयगतग।दभरठखथब्खज्शउमत्ण् लिंकमा हेर्न सकिने छ ।
परिस्थिति सामान्य हुँदै गएको खण्डमा आफ्नो मोबाइल वालेटबाट पैसा सजिलै झिक्न पनि सकिन्छ । रकम लिँदै आएको एजेन्ट कहाँ गई सजिलै नगद् लिन सकिन्छ । आइएमई पेमा भएको रकमलाई आफ्नो बैंक खाता वा अन्य कसैको बैंक खातामा पनि पठाउन सकिन्छ । यसरी डिजिटल प्रणालीबाट विदेशबाट आएको रकम सुरक्षित रूपमा आफ्नै मोबाइलमा प्राप्त गर्न सकिने प्रावधान प्रदान गर्ने आइएमई पहिलो र सबैभन्दा सुरक्षित माध्यम पनि हो ।
कम्पनीले सेवा शुभारम्भको २०औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःु ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ । करिब १० लाखको संख्यामा डाउनलोड भएको आइएमई पे मोबाइल एपबाट पनि अव सजिलैसँग रेमिटेन्स सेवा प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।