कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु
मकालु खबर
२०७७ भदौ १५ गते
काठमाडौं । महोत्तरीमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट एक स्वाथ्यकर्मीको मृत्यु भएको छ ।
महोत्तरीको मनरा शिसवा नगरपालिका–४ का ३७ वर्षीय स्वास्थ्यकर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रजिअ कृष्णबहादुर कटुवालले मकालु खबरलाई जानकारी दिए ।
प्रजिअ कटुवालका अनुसार मृतक साेही नगरपालिका एक मेडिकलका हेल्थ असिस्टेन्ट हुन् । ‘भदाै १० मा मृत्यु भएकाे थियाे । मृत्युपछि गरिएकाे पीसीआर परीक्षणमा काेराेना रिपाेर्ट पाेजेटिभ आएकाे हाे । सिन्धुली अस्पताल लैजाँदै गर्दा बाटाेमै संक्रमितकाे मृत्यु भएकाे हाे’, प्रजिअ कटुवालले भने ।
उनकाे शव अन्त्येष्टि गरिसकिएकाे छ । काेराेना संक्रमणबाट नेपालमा स्वास्थ्यकर्मीकाे मृत्यु भएकाे याे पहिलाे केस हाे ।
मकालु खबर
२०७७ भदौ १५ गते
प्रतिक्रिया
सम्बन्धित