भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन
मकालु खबर
२०७७ भदौ १५ गते
काठमाडौं । भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ ।
८४ वर्षीय मुखर्जीको उपचारका क्रममा सोमबार (आज) निधन भएको उनका छोरा अभिजित मुखर्जीले पुष्टि गरेका छन् ।
अभिजितले ट्वीटरमा लेखेका छन्, ‘अन्य प्रयोजनका लागि अस्पताल गएका बेला परीक्षण गराउँदा कोभिड-१९ पोजिटिभ देखियो ।’
भारतमा कोरोना संक्रमण तीव्र भएपछि मुखर्जीले भेटघाटलाई कम गरेका थिए । गत वर्ष भारत रत्नबाट सम्मानित मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए ।
मकालु खबर
२०७७ भदौ १५ गते
प्रतिक्रिया
सम्बन्धित