डब्लुएचओको चेतावनी- ‘कोरोना खोपलाई हतारमा अनुमति दिँदा गम्भीर असर पर्नसक्छ’

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरस विरुद्धको खोपलाई हतारमा स्वीकृति नदिन चेतावनी दिएको छ । खोपको परीक्षण पूर्णरुपमा नसकिँदै प्रयोगका लागि हतारमा अनुमति दिँदा जनस्वास्थ्यमा गम्भीर असर पर्नसक्ने डब्लुएचओले चेतावनी दिएको हो ।

स्वीकृति प्रक्रियालाई गम्भीरतापूर्वक लिन पनि डब्लुएचओले आग्रह गरेको छ । डब्ल्यूएचओकी प्रमुख वैज्ञानिक सोम्या स्वामिनाथनले हरेक देशसँग पूरा परीक्षणविनै औषधि स्वीकृति गर्ने अधिकार भए पनि त्यो हलुका रूपले गर्ने विषय नभएको बताइन् ।

यतिखेर सम्भावित ३३ वटा खोप मानव परिक्षणका लागि अगाडि बढिरहेका छन् । र थप १४३ वटा मानव परीक्षण गर्नुअघिका मूल्याङ्कनका क्रममा छन् । युरोपमा यो साता बालबालिकाहरू स्कूल जाने तयारी गरिरहँदा यूके, फ्रान्स र स्पेनमा भने आइतवारको तुलनामा सङ्क्रमणदर घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *