वीरगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु
मकालु खबर
२०७७ भदौ १६ गते
वीरगञ्ज । वीरगञ्जमा काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
बाराको कोल्हबी नगरपालिकाका ६० वर्षीय पुरुषकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे हाे । भदौ १० गते गण्डक काेभिड अस्पताल भर्ना भएका उनकाे उपचारका क्रममा मंगलबार बिहान ४ः५० बजे मृत्यु भएकाे हाे ।
यस्तै पहिचान नखुलेका अर्का मृतककाे नारायणी अस्पतालमा सोमबार बेलुका ८ः४५ मा मृत्यु भएको हाे । ती पुरूषमा सामान्य ज्वरो र कमजोरीको समस्या थियाे । उनी सडकमै बेवारिसे अवस्थामा जीवन व्यतित गर्दै आएका थिए ।
मकालु खबर
२०७७ भदौ १६ गते
प्रतिक्रिया
सम्बन्धित