उपत्यकामा निषेधाज्ञाबारे भाेलि निर्णय हुने, खुल्ला त बन्दाबन्दी ?

काठमाडाैं । उपत्यकामा दोस्रो पटक थपिएको निषेधाज्ञा भोलि (बुधबार) राति १२ बजेबाट सकिँदै छ । निषेधाज्ञा सकिँदै गर्दा जनजीवन सहज बनाउन खुकुलो गर्ने या अझै कडाइ गर्ने भन्ने विषयमा आज (मंगलबार) तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले भर्चुअल बैठक बसेका छन् ।

नागरिकको दैनिकी कष्टकर बन्दै गएपछि सरकारले पनि उपत्यकाका जिल्ला प्रशासन प्रमुखहरूलाई लकडाउन खुकुलो बनाउन निर्देशन दिइसकेको छ । सोही विषयमा दुई विकल्पमा छलफल भएकाे काठमाडौंका प्रजिअ जनकराज दाहालले जानकारी दिए । हालकै निषेधाज्ञाको स्वरूपलाई जस्ताको तस्तै अघि बढाउने या निषेधाज्ञाको स्वरूपलाई परिवर्तन गर्ने भन्ने धारणा भाेलि गृह मन्त्रालयमा लैजाने र छलफलपछि भाेलि नै निर्णय हुने उनकाे भनाइ छ ।

उपत्यकामा कोरोना संक्रमण बढेपछि पहिलो पटक भदौ ३ गते एक सातासम्मका लागि निषेधाज्ञा गरिएको थियो । सो अवधि सकिनै लाग्दा पुनः एक साता थप गरी भदौ १७ गतेसम्म निषेधाज्ञा थप गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *