पाटन अस्पतालमा थप एक काेराेना संक्रमितकाे मृत्यु

काठमाडौं । ललितपुस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ । काेराेना संक्रमणबाट भक्तपुरका ४० वर्षीय पुरूषकाे मृत्यु भएकाे हाे ।

मृतकमा काेराेना संक्रमण पुष्टि भएपछि निमाेनिया देखिएकाे थियाे । निमाेनिया बिग्रँदै गएपछि गएकाे भदाै ५ गते पाटन अस्पताल ल्याइएकाेमा मंगलबार राति ९ बजे उनकाे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

उनकाे आजै अन्त्येष्टिको तयारी भइरहेको छ । गएकाे शनिबार उनकाे आमाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनीहरूकाे परिवारका अन्य ६ जनामा पनि काेराेना संक्रमण पुष्टि भएकाे पाइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *