‘डाक्टर अन कल’ मार्फत घरमै उपचार : सेवामा अधिकतम छुट
काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहक, कर्मचारी लगायत बैंकका संस्थापक/सेयरधनीहरुले ‘डाक्टर अन कल’ मार्फत घरमै उपचार गराउन सक्ने भएका छन् । महालक्ष्मी विकास बैंक र डाक्टर अन कल प्रा. लि बीच उक्त सेवाको लागि सम्झौता भएको छ । यसरी उपचार गराउँदा सेवा शुल्कमा अधिकतम छुट पाउनेछन् ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख अनिष सिंह सिजापती र कम्पनीका प्रबन्ध निर्देशक डा. सुमन न्यौपानेले हस्ताक्षर गरेका छन् ।
बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापक÷सेयरधनीहरु साथै कर्मचारीले डाक्टर सेवामा अधिकतम ३०%, फिजियोथेरापीमा अधिकतम ३०%, नर्स केयर सेवामा अधिकतम २०%, ल्याव टेष्टमा अधिकतम २०%, डाईटिसियन सेवामा अधिकतम ३०%, डे«सिङ तथा इन्जेक्सन सेवामा अधिकतम १५%, साथै डाक्टरसँग अनलाइन कनसल्ट, औषधी तथा मेडिकल उपकरणहरुको डेलिभरी सेवा निःशुल्क रुपमा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
देशका १०२ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी बैंकले आगामी दिनमा पनि उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।